Makalu News
Makalu News
NMB bank

एनएमबि बैंकले लाभांश वितरण नगर्ने

एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। शुक्रबार बसेको बैंकको सञ्चालक समिति बैठकले सो आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यससँगै, बैठकले लाभांश वितरण नगर्ने गरी आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ। एनएमबि बैंकले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *