Makalu News
Makalu News
NPl

सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गर्दै आफ्नो तेस्रो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको टिम १८.२ ओभरमा १३१ रनमै अलआउट भयो।

चितवनले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो। टिमका लागि हसन इसाखिलले ६५ रनको महत्त्वपूर्ण पारी खेले, जसमा ६ चौका र ३ छक्का सामेल थियो। उनलाई रवि बोपाराले ३६ रनको योगदान दिए। कप्तान कुशल मल्लले १३ रन बनाए भने निकोल लोफ्टी इटोन र अमर सिंह रौतेला क्रमशः २ र ६ रनमा अविजित रहे।

बलिङमा चितवनका कप्तान कुशल मल्ल, अमर सिंह रौतेला, निकोल लोफ्टी इटोन, रिजन ढकाल र सोहिल तान्भिरले समान २/२ विकेट लिए। रञ्जित कुमारले १ विकेट लिएर टिमको सफलता सुनिश्चित गरे।

सुदूरपश्चिमका लागि इशान पाण्डेले २८ बलमा ३५ रन बनाए। उनले ४ चौका र १ छक्का प्रहार गरे। तर अन्य ब्याटरहरूले सुदूरपश्चिमलाई जित दिलाउन योगदान गर्न सकेनन्। स्कट कुग्गेलिनले १६ रन बनाए भने बाँकी ब्याटरहरू ठूला पारी खेल्न असफल रहे।

बलिङतर्फ सुदूरपश्चिमका लागि स्कट कुग्गेलिनले २ विकेट लिए। ब्रान्डन म्याकमुलेन, दिपेन्द्र सिंह ऐरी र सैफ जैबले समान १/१ विकेट लिए।सुदूरपश्चिमका ब्याटरहरूको मध्यमक्रम नचलेपछि चितवनले खेल आफ्नो पक्षमा पार्न सफल भयो। इशान पाण्डेले केही प्रतिरोध गरे पनि टिमले ३३ रनले हार व्यहोर्नुपर्‍यो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *