Makalu News
Makalu News

कर्णालीको चितवनलाई १७६ रनको चुनौतीपूर्ण लक्ष्य

नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनायो।

कर्णालीका लागि जयकिसन कोल्सावाला र विलियम वासिस्टोले अर्धशतकीय पारी खेले। ओपनर कोल्सावालाले सर्वाधिक ५३ रन बनाए। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै, विलियम वासिस्टोले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाएर सोहिल तनवीरको बलमा आउट भए।

कर्णालीले खेलको दोस्रो ओभरमै पहिलो विकेट गुमायो। रित गौतम डक आउट भए। दोस्रो विकेटका रूपमा जिसन मक्सुद ४.६ ओभरमा आउट भए। उनले १२ बलमा १ चौका र १ छक्कासहित १४ रन बनाए। तेस्रो विकेट जयकिसन कोल्सावालाको रूपमा आयो। उनले रवि बोपाराको बलमा शरद भेषवाकरबाट क्याच हुँदै पवेलियन फर्किए। चौथो विकेटका रूपमा गुल्सन झा शून्य रनमा आउट भए।

पाँचौं विकेटका लागि विलियम वासिस्टो र चाड्विक वाल्टनले ६७ रनको महत्वपूर्ण साझेदारी गर्दै कर्णालीको स्कोर मजबुत बनाए। छैटौं विकेटका रूपमा देव खनाल रन आउट भए। खेलको अन्त्यमा चाड्विक वाल्टनले ४६ रन बनाए भने सोमपाल कामी शून्य रनमा अविजित रहे।

चितवनका लागि सोहिल तनवीरले २ विकेट लिए। कुशल मल्ल, रवि बोपारा र शरद भेषवाकरले समान १/१ विकेट लिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *