साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से परिसूचक ४५.९३ अंकले घटेर २,६८९.०० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स पनि १.५० प्रतिशतले घटेर ४५७.०४ विन्दुमा अडिएको छ।
नेप्सेमा उच्च गिरावट हुँदा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आज ३२१ स्क्रिप्टहरूको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९९९ रुपैयाँ बराबरमा खरिदबिक्री भयो।
आज खानीखोला हाइड्रोपावरको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्यो। दोल्टी पावरको सेयर ८.७७ प्रतिशत, केबीएल डेबेन्चर २०९० को सेयर ८.१४ प्रतिशत, स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर ७.८९ प्रतिशत, र मोलुङ हाइड्रोपावरको सेयर ६.५० प्रतिशतले वृद्धि भयो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो, जसको ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। नेपाल फाइनान्स र रिभर फल्स पावरले १५/१५ करोड रुपैयाँको सेयर कारोबार गरे। कालिञ्चोक हाइड्रोपावरको १३ करोड र बेस्ट फाइनान्सको १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।
आजको कारोबारमा २७ स्टकहरूको मूल्य बढ्यो भने २१४ स्टकहरूको मूल्य घट्यो। बाँकी ३ स्टकहरूको मूल्य स्थिर रह्यो। सबै समूहका उपसूचकहरू नकारात्मक देखिए, जसमा लाइफ इन्स्योरेन्स समूहको उपसूचक ३.०७ प्रतिशतले घटेको छ।