Makalu News
Makalu News

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ली छ्याङलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई आग्रह गरेका हुन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चिनियाँ राष्ट्रपति सीलाई यो निमन्त्रणा दिएका हुन्।

चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई भने उनले आफ्नो समकक्षीको रूपमा नेपाल भ्रमण गर्न आग्रह गरेका छन्। दुवै नेताहरूले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी दिँदै निमन्त्रणाका लागि धन्यवाद व्यक्त गरेको प्रवक्ता ढकालले जानकारी दिएका छन्।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सोमबारबाट आफ्नो कार्यक्रम सुरु गरेका हुन्। आज (मंगलबार) उनले उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *